अन्तर्राष्ट्रिय

भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै



काठमाण्डौ १७ फागुन । भारतमा आजदेखि ज्येष्ठ नागरिक र दीर्घरोगीलाई कोरोनाविरुद्धको खोप दिइँदै छ ।आजदेखि देशभर सुरु हुने दोस्रो चरणको अभियानमा ज्येष्ठ नागरिक र दीर्घरोगीलाई खोप  लगाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।पहिलो चरणको खोप अभियानमा सरकारी केन्द्रमा मात्रै खोप दिने गरिएकामा अब दोस्रो चरणदेखि निजी अस्पतालमा पनि खोप लगाउन पाइने खबरमा उल्लेख छ । तर, निजी अस्पतलामा लगाइएको कोरोनाविरुद्धको खोपका लागि भने नागरिक आफैँले शुल्क तिर्नु पर्नेछ ।यसका लागि एक डोजका लागि नागरिकले २५० भारतीय रुपैयाँ तिर्नु पर्नेछ । भारतका १० हजार सरकारी अस्पतालमा भने कोरोनाविरुद्धको खोप निस्शुल्क लगाउन पाइनेछ ।आजदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानमा ६०  वर्षमाथिका झण्डै १० करोड नागरिकलाई खोप दिने तयारी छ । भारतले आउँदो जुलाई महिनासम्ममा ३० करोड नागरिकलाई खोप दिने लक्ष्य राखेको छ ।भारतमा गएको जनवरी १६ तारिखमा पहिलो चरणको खोप अभियान सुरु भएको थियो ।

प्रकाशित : १७ फाल्गुन २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६