अन्तर्राष्ट्रिय

इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट



काठमाण्डौ १९ फागुन । इन्डोनेशियामा शक्तिशाली ज्वालामुखी विस्फोट भएको छ । माउन्ट सिनाबंगमा ज्वालामुखी विस्फोट भएसँगै उच्च सतर्कता अपनाइएको बीबीसीको खबरमा  जनाइएको छ । माउन्ट सिनाबंग क्षेत्रको ३ किलोमिटर आसपास रहेका सर्वसाधारणलाई सुरक्षित ठाउँमा सारिएको छ।विस्फोटपछि ज्वालामुखीको धुँवा पाँच किलोमिटर माथिसम्म फैलिएको थियो । भूकम्पको जोखिममा रहेको त्यस क्षेत्रमा हुने गरेको ज्वालामुखी विस्फोटले इण्डोनेशियाको उत्तरी सुमात्रा प्रान्तमा पनि उच्च सतर्कता अपनाइएको छ । इन्डोनेशियामा अहिले  १ सय ३० वटा ज्वालामुखी सक्रिय रहेका छन् । जुन विश्वका अन्य राष्ट्रहरुका सक्रिय ज्वालामुखीको तुलनामा अत्याधिक हो । 

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६