ब्रेकिंग न्युज

‘विप्लव’लाई सुरक्षासहित काठमाडौँ ल्याइँदै



काठमाडौँ २१ फागुन । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट प्रस्थान गरेका छन् । उनलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ ।सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन् । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गरेका छन् ।सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उनलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उनले पार्टीका कार्यकर्तासँग भेटघाट गरेका थिए ।आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६