प्रदेश

रणनीति बनाउन नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै



काठमाडौं २१ फागुन । पुनःस्थापित प्रतिनिधिसभामा आफ्नो भूमिकाबारे रणनीति बनाउन नेपाली काँग्रेस संसदीय दलको बैठक बस्दै छ । शुक्रबार १ बजे संघीय संसद भवन, बानेश्वरस्थित ल्होत्से हलमा काँग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।विहीबार काँग्रेस पदाधिकारी बैठकमा राजनीतिक निकासका लागि  काँग्रेसमा तीन विकल्पमा छलफल भइरहेको छ । काँग्रेसले नेकपाको कुनै पक्षसँग मिलेर सरकार बनाउने, राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने वा प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुपर्ने विषयलाई विकल्पमा रुपमा अगाडि सारिएको छ  । संसदीय दलको बैठकमा पनि यी तीन विकल्पमा छलफल हुने बुझिएको छ ।

सार्वजनिक रुपमा काँधमा जिम्मेवारी आए प्रधानमन्त्री हुनबाट नभाग्ने सभापति शेरबहादुर देउवाले बताएपनि पार्टीभित्र निर्णायक मत राखेका छैनन् । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका केही नेता काँग्रेस सरकारमा जान नहुने र प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्नुपर्ने पक्षमा छन् । केही नेताहरु भने काँग्रेसको अग्रसरता राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्नेमा जोड दिइरहेका छन् ।बिहीबार पार्टी पदाधिकारीसहितका शीर्षस्थ नेताको राय अनुसार संसदीय दलमा छलफल हुने छ । यस्तै दलका नेता देउवाले वर्तमान वस्तुस्थितिबारे पनि ब्रिफिङ गर्ने छन् । काँग्रेसले आजै ठोस निर्णय लिने सम्भावना भने कम छ ।

प्रकाशित : २१ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६