अर्थ-वाणिज्य

सामुदायिक स्वास्थ्य प्रभावकारी: एक वर्षमा ४० हजारलाई सेवा ३० करोड कारोवार



 जितपुर २३ फागुन ।कपिलवस्तुमा सामुदायिक स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको पाइएको छ ।कपिलवस्तुको वाणगंगा नगरपालिका चारनम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालले वार्षिक ४० हजारलाई स्वास्थ्य सेवा प्रदान गरेको र एक वर्षमा ३० करोडको कारोवार गरेको विवरणले यस्तो देखाएको हो । अस्पतालको शनिवार भएको  तेश्रो साधारण सभामा पेश भएका प्रगती प्रतिबेदनमा यस्तो चित्रण गरिएकोहो ।  २०६४ सालमा महायज्ञ संचालन गरी सामुदायिक अस्पताल संचालन गर्ने उद्देश्यले शुरु गरिएको कपिलवस्तु समुदायिक अस्पताल विकास समितिको तेश्रो साधारण सभाले अस्पताललाई सहयोग पु¥याउने व्यक्तिलाई सम्मान गरेको छ । 

साधारण सभामा अस्पतालमा १० लाख बढि दान दिने व्यक्तिलाई सम्मान गरिएको छ । सवैभन्दा बढि आर्थिक सहयोग गर्नुहुने अस्पतालका संरक्षक मोहन अधिकारीको परिवारलाई सम्मान गरिएको छ । त्यस्तै अस्पतालका संस्थापक अध्यक्ष स्वर्गीय शेरबहादुर क्षेत्री, संस्थापक महासचिव स्वर्गीय विष्णु पौडेल, संस्थापक कोषाध्यक्ष रामबहादुर रास्कोटीको परिवारलाई पनि सोही अवसरमा सम्मान गरिएको छ । अस्पतालको भौतिक पूर्वाधारमा सहयोग पु¥याउने जिल्ला समन्वय समिति, स्थानीय संघसंस्था तथा अस्पतालका कार्यवाहक अध्यक्ष शंकर पाण्डेलाई सम्मान गरिएको छ । 

१५ सैयाको सामुदायिक अस्पतालले बार्षिक ४० हजार व्यक्तिलाई स्वास्थ्य सेवा दिएको बताइएको छ । अस्पतालमा छिमेकी जिल्ला अर्घाखाँची, दाङ्ग, प्युठान, छिमेकी राष्ट्र भारतबाट स्वास्थ्य सेवा लिन आउने गरेको अस्पतालका महासचिव पोमनारायण पौडेलले जानकारी दिए । कोषाध्यक्ष रबी बहादुर काफलेले अस्पतालको गत आ।ब।को ३० करोड बराबरको बार्षिक आयव्यव प्रस्तुत गरेका थिए । 

साधारण सभामा पूर्वमन्त्री दिपकुमार उपाध्यायले स्वास्थ्यमा सुधार गर्न पर्याप्त लगानी हुन आवश्यक भएको बताउनु भयो  छन् । उहाले सामाजिक रुपान्तरणको लागि शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी बढाउनुपर्ने बताउदै स्थानीय सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनु भयो । नेपाली काँग्रेसका केन्द्रिय सदस्य समेत रहेका उपाध्यायले स्वास्थ्य विमा सवैले गर्नुपर्ने भन्दै सरकारी स्वास्थ्य सेवाको लाभ लिनुपर्नेमा जोड दिनु भयो । 

कार्यक्रममा अस्पतालका अध्यक्ष रामजी सेनले अस्पतालबाट दिइने स्वास्थ्य सेवामा विस्तार गरेर प्रदेशमै नमुना सामुदायिक अस्पतालको रुपमा विकास गरिने स्पष्ट पार्नु भयो  ।सस्थाका महासचिव पोम नारायण पौडेलले कपिलवस्तुको सबैभन्दा ठूलो क्षमताको भरपर्दौ स्वास्थ्य सस्था सामुदायिक अस्पताल बनेको वताउनु भयो । 

प्रकाशित : २३ फाल्गुन २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६