कपिलवस्तु २४ फाल्गुण । बिद्यालयमा आधारीत रुपान्तरण कार्यक्रमको उपलब्धी ,चुनौती र दिगोपना सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिदार्थ सामाजिक विकास केन्द्र र युनिसेफ नेपालको आर्थिक सहयोगमा सञ्चालित विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रम कपिलवस्तु जिल्लाभरका गरि २१ वटा विद्यालयमा सञ्चालित छ । रुपान्तरण कार्यक्रममा २१ सय ३६ जना बिद्यार्थीहरुको सहभागिता रहदै आएको छ । उक्त कार्यक्रमको अहिलेसम्मको उपलब्धी र चुनौतीका बिषयमा छलफल गर्नुका साथै अब यस कार्यक्रमलाई कसरी दिगोपना दिन सकिन्छ भन्ने बिषयमा शिक्षकहरुका राय सुझाब लिईएको छ ।
कार्यक्रमले किशोरकिशोरीहरुको समग्र बिकासमा ठूलो टेवा पु¥याईरहेको भन्दै अझ प्रभाबकारी ढंगबाट योजनाका साथ अघि बढ्नुपर्नेमा कार्यक्रमका सहभागिहरुले बताएका छन । अन्तरक्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक बिकास केन्द्रका कार्यक्रम प्रबन्धक प्रकाश घिमिरेले रुपान्तरण कार्यक्रमका बारेमा बिस्तृत रुपमा बताउदै किशोर किशोरीहरुलाई जिवन उपयोगि सिपहरु सिकाउन सकियो भने उनिहरुको जिवन परीर्वतनमा सहज हुने भएकोले रुपान्तरण प्याकेज बनेको बताउनुभयो । यसको मुख्य उदेश्य भनेको बाल विवाहलाई न्युनिकरण गर्ने र किशोर किशोरीको जिवनमा आउने समस्यालाई समाधान गर्ने क्षमताको विकास गर्ने भएको घिमिरेको भनाई छ ।
विद्यालयमा आधारीत रुपान्तरण कार्यक्रम अन्तरगत २१ वटा विद्यालयका केही बिद्यार्थीहरुलाई छनौट गरि तिनिहरुलाई प्रशिक्षकको ७ दिने तालिम दिएको बताउदै अब थप ३ दिने तालिम यहि फाल्गुण २७ गतेबाट शुरु हुने रुपान्तरण परियोजनाका संयोजक नारायण घिमिरेले बताउनुभयो । प्रशिक्षक बिद्यार्थीहरुले तालिममा सिकेका कुरालाई विद्यालयमा १७ वटा शुक्रबार सम्म २५ जनाको समुहमा छलफल गराउदै आएको छ ।
यता बिद्यालयबाट बाहिर रहेको किशोरकिशोरीहरुको लागि भने सिदार्थ सामाजिक विकास केन्द्र र युनिसेफ नेपालको आर्थिक सहयोगमा रेडियो बुद्ध आवाज मार्फत रुपान्तरण कार्यक्रम उत्पादन हुदै आएको छ । जसका लागि जिल्लामा रहेका १० पालिकामध्ये कृष्णनगर ,शिबराज नगरपालिका र शुद्धोधन गाउपालिकामा १०३ वटा किशोरी रेडियो श्रोता समूह गठन गरिएको छ । रक्रिया कार्यक्रम सम्पन्न जिल्लाको बाणगंगामा रहेको माछापुछ्रे होटलमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया