प्रदेश

आगामी स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरि महिलाहरुले नेतृत्व विकास गर्नु पर्छ : नेता घिमिरे



कपिलवस्तु २५ फागुन । राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले महिलाले गर्ने कामको अर्थमा गणना गर्नु पर्ने बताउनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका नेता घिमिरेले अनेमसंघ जिल्ला समिति कपिलवस्तुले आज गोरुसिंगेमा राखेको १सय ११ औं अन्तरराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा राखिएको अन्तरसंबाद कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा बोल्दै नेता घिमिरेले महिलाले गर्ने काम र जिम्मेवारी धैरै भएको तर पारिश्रमिक कम अनि घरमा गर्ने कामको अर्थमा  मुल्यांकन नहुदा महिला माथि विभिन्न हिंसा हुने गरेको बताउनु भएको छ । उहाँले अगाडि भन्नु भयो , महिलाको नेतृत्व सम्म सहभागिता हुनु पर्ने जनाउदै यसका लागि महिलाहरु शसक्त हुनु पर्ने बताउनु भयो । अब आउने स्थानिय तहको निर्वाचनमा प्रमुख पदमा आउने गरि  महिलाहरुले नेतृत्व विकास गर्नु पर्ने जनाउनु भयो । 

कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य  वलराम अधिकारीले महिलाहरु अधिकारका लागि आफै शसक्त हुनु पर्ने बताउनु भयो । पाटीले महिलाहरुलाई अवसर दिने छ , तर महिलाहरुले नेतृत्व विकास गर्दै अगाडि बढ्नु पर्दछ , उहाँले भन्नु भयो । बर्तमान अवस्थामा सरकारले गरेका राम्रा कामहरु लिएर जनतालाई वुझाउनु पर्ने बेला आएको नेता अधिकारीले बताउनु भयो । जनताको मन जितेर अब आउने चुनावमा नेकपा एमाले पहिलो स्थान हासिल गर्ने समेत उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक झविलाल पोख्रेलले महिलाहरुलाई पाटीले अगाडि बढाएको चर्चा गर्नु भयो ।

पाटी नेतृत्वमा ल्याउन पहल गर्दा गर्दै पनि नसकेको उहाँलेबताउनु भयो । महिलाहरु सक्रिय रुपमा राजनितिमा आउन समेत उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय सदस्य एव. भुमि व्यवस्थापन तथा सुकुम्बासी समस्या समाधान आयोगका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बास्तविक सुकुम्बासीको पहिचानका आधारमा लालपुर्जा बितरण गरिने बताउनु भयो ।

कार्यक्रममा पाटीका केन्द्रीय सदस्य एवं जिल्ला सहसंयोजक डम्मर शर्माले  हरेक आन्दोलनमा  धैरै जिम्मेवारीका साथ  महिलाले काम गरेको भन्दै महिलाहरुको योगदानलाई सधै कदर गर्नु पर्ने बताउनु भयो । संघका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक शारदा शर्माको अध्यक्षता ,संघका केन्द्रीय सदस्य शुसिला दर्लामीको स्वागत एवं संघका प्रदेश सदस्य एवं जिल्ला सचिव चेतना अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा संघका केन्द्रीय सदस्यहरु  शान्तिदेवी चमार , सुर्यकुमारी शाहि , रिता चौधरी , शिवकुमारी थारु  लगायतले महिलाको अधिकारका बारेमा चर्चा गर्नु भएको थियो । 

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६