स्वास्थ्य

पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या



काठमाण्डौ २५ फागुन । मस्तिष्काघात भइ गएको फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।  जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ ।

अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठरदश पटक सास फेरिरहनुभएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।  मस्तिष्काघात हुँदा रक्तश्राव भइ उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उहाँको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताउनुभयो ।  

प्रकाशित : २५ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६