जाजरकोट २६ फागुन । कर्णाली प्रदेशमा पनि बर्ड फ्लु भेटिएको छ । जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा बर्ड फ्लु पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरर्गतको पशु सेवा विभागले जनाएको छ ।यसअघि गएको महिना काठमाण्डौको तारकेश्वर नगरपालिका, सुर्खेत र वीरेन्द्रनगरपालिकामा रहेका पन्छीमा बर्डफ्लु देखिएको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा भेरी नगरपालिका वडा नम्बर ३ सियाँलाका किसानले पालेका लेयर्स कुखुरामा पनि बर्डफ्लु भेटिएको हो ।रोग देखिएका क्षेत्रमा रहेका ३ सय ब्रोइलर कुखुरा, ३ सय ३१ लेयर्स कुखुरा, ७० लोकल कुखुरा, ८ सय ८३ अण्डा र २ सय ५१ किलो दाना र २ सय वटा अण्डाको क्रेट नष्ट गरिएको छ । यस्तै रोग देखा परेको ठाउँलाई पूर्ण नीसंक्रमणसमेत गरिएको छ ।
२६ फाल्गुन २०७७, बुधबार
प्रतिक्रिया