विचार/ब्लग

शान्ति सुरक्षा मजवुद : प्रजिअ पाण्डे



कपिलवस्तु २७  फागुन । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले  सुशासनलाई कायम गर्दै जिल्लाको शान्ति सुरक्षालाई थप मजवुद पार्ने बताउनु भएको छ ।  एक हप्ता अघि मात्र कपिलवस्तु आउनु भएका प्रजिअ पाण्डेले वुधवार जिल्ला प्रशासनमा राखेको पत्रकार भेटघाटमा यस्तो बताउनु भएको हो । कार्यालयबाट सेवा प्रवाहलाई छिटो छरितो बनाउने उहाँले जनाउनु  भयो । जिल्ला प्रशासनमा आउने हरेक सर्वसाधारण नागरिकलाई सजिलो हुने गरि सेवा प्रदान गरिने उहाँले जनाउनु भयो ।  कार्यालयमा  कुनै त्यस्ता गुनासा भएमा सिधै आफुलाई जानकारी गराउन पनि  आग्रह गर्नु भयो । सुचना सहज तरिकाले सबैमा प्रवाह गर्ने उहाँले स्पष्ट पार्नु भयो । त्यस्तै प्रजिअ पाण्डेले जिल्लामा हुने विकास निमार्णका काममा  समेत साथ र सहयोग गर्ने जनाउनु भयो । 

प्रजिअ पाण्डेले पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर मात्र समाचार प्रकाशन या प्रसारण गर्नु पर्ने जनाउनु भयो । खोजमुलक समाचरले जिल्लाको शान्ति , सुरक्षा , विकासमा ठुलो मद्धत पुग्ने प्रजिअले विश्वास गर्नु भयो । जिल्लाम कुनै पनि कानुन बिपरितका काम भए त्यसलाई तत्काल रोकिने छ , प्रजिअको भनाई थियो ।    साथै प्रजिअ पाण्डेले राष्ट्रिय परिचय पत्र सबैले अनिवार्य रुपले बनाउनु पर्ने भएकोले यसलाई अभियानकै रुपमा लैजाने बताउनु भयो ।  कार्यक्रममा पत्रकार महासंघ लुम्बिनी प्रदेशका सदस्य नन्दराम पौडेलले जिल्ला प्रशासन बाट हुने सेवा प्रवाहमा कुनै पनि नागरिकले दुख पाउन नहुने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष डिलाराम भुषालले जिल्लामा हुने राम्रा कामका लागि पत्रकारले  सदैव साथ हुने तर गलत कार्य देखिएमा साथ दिने नसक्ने बताउनु भयो । पत्रकार भेटघाटमा जिल्लाका अगुवा पत्रकारहरुको उपस्थिती रहेको थियो । 

प्रकाशित : २७ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६