प्रदेश

बुद्धभुमीको ग्रामीण क्षेत्रमा ल्याब स्थापना



कपिलवस्तु । 
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ग्रामीण क्षेत्रमा स्वास्थ्य प्रयोगशाला (ल्याब)सञ्चालनमा ल्याएको छ । शुक्रवार नगरपालिकाको वडा नं. ६ महुवा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन ल्याएको छ । ल्याब सञ्चालनका लागि ३ लाख लागत लागेको बताइएको छ । ल्याबको समुद्घाटन गर्दै नगरप्रमुख केशव कुमार श्रेष्ठले ग्रामीण क्षेत्रका जनतालाई आधारभूत स्वास्थ्य सेवाका लागि टाढा जानु पर्ने बाध्यता अन्त्य गर्ने योजना रहेको बताउनु भयो ।

वडा नं. ६ वडा अध्यक्ष नन्दलाल यादवले जिल्लामा पहिलो पटक ग्रामीण क्षेत्रमा ल्याब सञ्चालन भएको बताउनु भयो । सामान्य चेक जाँचका लागि अव टाढा जानु पर्ने बाध्यता समेत अन्त्य भएको यादवले बताउनु भयो । ल्याब स्थापना भएका पछि स्थानीय खुसी व्यक्त गरेका छन् । ल्याब नहुँदा दिसा, पिसाब, रगतको सामान्य चेक जाँचका लागि तौलिहवा अस्पताल वा बाहिर जानु पर्ने बाध्यता अन्त्य भएको छ । घर नजिकै चेक जाँच हुने भए पछि स्थानीय सरकारले जनताका समस्या सम्वोदन गरेको स्थानीय राम लखन यादवले बताउनु भयो । ल्याबका उपकरण खरिदका लागि नगरपालिकाले १ लाख रकम खर्च गरेको थियो । ल्याब स्थापनाको लागि कालिका स्वावलम्बन सामाजिक केन्द्रले समेत सामाग्री सहयोग गरेको थियो भने भौतिक व्यवस्थापनमा वडा कार्यालयले १ लाख खर्च भएको बताइएको छ ।



प्रकाशित : २८ फाल्गुन २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६