लुम्बिनी

राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू



दाङ १ चैत्र । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरू भएको छ । शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्यास गरेका हुन् ।तुलसीपुका सबइन्जिनियर महेश भण्डारीले ६ देखि ८ बेडसम्मको आइसियू कक्ष निर्माण हुन लागेको जानकारी दिए ।

जसका लागि कुल लागत ३१ लाख ४७ हजार ३ सय ९६ रुपैयाँ लागत इष्टिमेट गरिएकोमा ठेकेदार कम्पिनीसँग २१ लाख ४४ हजार ५ सय ७५ रुपैयाँमा सम्झौता भएको भण्डारीले बताए ।आइसियू भवन निर्माणको जिम्मा दाङ घोराहीकै ओसिस कन्स्ट्रक्सन निर्माण कम्पनीले लिएको छ । फागुन ९ गते सम्झौता भएको आइसियू भवन निर्माणको कायम आउने जेठ अन्तिमसम्म सक्नुपर्ने उल्लेख छ । भवन सिलान्यासपछि सम्बोधन गर्दै पाण्डेले आफू निर्वाचित भएर आइसकेपछि तुलसीपुर क्षेत्रको स्वास्थ्यमा परिवर्तनको सुरूआत गरेको दाबी गरे।

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६