स्वास्थ्य

हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बित



मकवानपुर १ चैत्र ।  हेटौँडा अस्पतालका दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका छन् ।ड्युटीको समयमा निजी अस्पताल र मेडिकलमा काम गर्दै आएका र बिरामीलाई औषधी खरिद गर्न निजी मेडिकल तोकेर पठाउने दुई जना विशेषज्ञ डाक्टर निलम्बनमा परेका हुन् ।अस्पतालमा करारमा कार्यरत जनरल सर्जन विशेषज्ञ डाक्टर साजित अन्सारी र छाला तथा यौन रोग विशेषज्ञ डाक्टर बुद्धीराज पाण्डेलाई सेवाबाट हटाइएको हो ।पटक(पटक सचेत गराउँदा पनि अटेर गरेपछि बाध्य भएर सेवाबाट हटाइएको अस्पताल प्रशासनले  जनाएको छ । अस्पताल प्रशासनले काममा सुधार गर्न दिएको चेतावनी दुवै जना डाक्टरले बेवास्ता गर्दै आएपछि कारबाही गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । 

प्रकाशित : १ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६