अर्थ-वाणिज्य

नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नागरिक आरोग्य सेवा केन्द्र सञ्चालन



नवलपुर २ चैत्र । नागरिकलाई आयुर्वेद चिकित्साप्रति आकर्षित गर्न नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र हुप्सेकोट गाउँपालिकाको सहयोगमा आजदेखि नियमित सेवा दिने गरी केन्द्र सञ्चालन गरिएको हो । हराउँदै गएको आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउनसमेत केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा. सुजाता शर्माले बताइन् ।

हुप्सेकोट गाउँपालिका–१ मा स्थापना गरिएको केन्द्रबाट नागरिकलाई निस्शुल्करुपमा आधारभूत सेवा प्रदान गर्ने शर्माको भनाइ छ । केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निस्शुल्क सेवा प्रदान गरिने शर्माले जानकारी दिइन् । “सैद्धान्तिक हिसाबले आयुर्वेद चिकित्साका प्रमुख दुइ उद्देश्य रहेका छन्”, डा. शर्माले भने, “स्वस्थ व्यक्तिको रक्षा गर्नु र रोगी व्यक्तिको रोग निर्मूल गर्नु नै आयुर्वेदको प्रमुख उद्देश्य हुन् ।”

परापूर्वकालदेखि आयुर्वेद चिकित्सा अपनाउँदै आएको भए पनि पछिल्लो समय यो चिकित्सा पद्धति आझेलमा परेको भन्दै डा. शर्माले आयुर्वेद चिकित्सा पद्धतिसँग हाम्रो जीवन जोडिएको बताइन् । आयुर्वेदलाई धेरैले उपचार पद्धतिका रुपमा स्वीकार गर्न अनकनाइरहेका अवस्थामा एलोपेथिक उपचारपछि ठीक नभएका कतिपय बिरामी आयुर्वेदमा पुगेपछि निको हुने गरेका उनले बताइन् ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ को महामारीका क्रममा धेरै मानिसले आयुर्वेदको महत्व बुझेका डा। शर्माको भनाइ छ । आयुर्वेद चिकित्सा पद्धतिलाई हाम्रो जीवनसँग जोड्दै लैजानसके दीर्घ रोगबाट छुट्कारा पाउन सकिने उनले बताइन् । जिल्लाका हरेक स्थानीय तहमा नागरिक आरोग्य केन्द्र स्थापनाका लागि काम थालिएको छ ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले पूर्वीय सभ्यतामा आयुर्वेद विषयवस्तुबारे पहिलेदेखि वर्णन गरिएको बताइन् । स्वास्थ्य रहनका लागि र रोगी अवस्थामा पनि निरोगी हुने उपायबारे हाम्रो पूर्वीय दर्शनमा उल्लेख गरिएको पाण्डेले बताइन् । पौराणिककालदेखि नै आयुर्वेद चिकित्साको सबै व्यवस्थापन हुँदै आएको भए पनि त्यसलाई प्रयोगमा ल्याउने क्रममा आधुनिकतासँग समन्वय गरेर जाँदा पछाडि परिएको उनको भनाइ छ ।

प्रकाशित : २ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६