बिजनेस

तौलिहवा अस्पताल :भेन्टीलेटर सहीत १० आईसियु जोडिए



कपिलवस्तु ४ चैत ।सदरमुकाम तौलिहवा स्थित कपिलवस्तु अस्पतालले धमाधम सेवा बिस्तार गर्दै गएको छ । यसैक्रममा मंगलवार फिजियोथेरापी र  आखाको जाच सेवा सेमत अस्पतालमा शुभारम्भ गरिएको हो । कपिलवसतु नगरपालिकाका मेयर किरण सिंहले रिबन काटेर सो सेवाको शुभारम्भ गरेका थिए । सो लगत्र्तै उनले आफनो खुट्टाको फिजियोथेरापी र आखाको जाच समेत गराएका थिए । सो अवसरमा उनले कपिलवस्तु अस्पतालमा अब गरिब र बिपन्नले राम्रो सेवा पाउने बताए ।

उनले अब बुटवल र भैरहवा तथा भारतको बिभिन्न जिल्लामा उपचार गराउन जानु पर्ने बाध्यता धेरै हद सम्म हटने उनले बताए । सो अवसरमा प्रजिअ चक्रपाणी पाण्डेले कपिलवसतु अस्पतालमा गरिब र बिपन्नले प्रभावकारी सेवा पाउनु पर्ने बताए । प्रदेश सरकारको सहयोमगा फिजियोथेरापी र आखाको सेवा बिस्तार गरिएको अस्पतालका मेसु किशोर बन्जाडेले बताए । फिजिवयोथेरापीकालागि समेत न्युन शुल्क राखिएको बताए । हप्ताको ५ सय शुल्क मात्र राखिएको उनले बताए । उता  ४ भेन्टीलेर सहीत १० आईसियु कक्षा १० दिन भित्र संचालनको तयारी गरिएको उनले बताए । 

२०२८ सालमा स्थापित  अस्पतालले अहिले भौतिक, मानीवय स्रोत, साधन र सेवामा फडेको मारेको छ । अस्पतालले बिषेज्ञष सहीतका डाक्टररु बढाउदै लगेको छ । अहिले अस्पतालमा २५ बढी डाक्टरहरु छन । अस्पतालको भौतिक र बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा उल्लेखनीय रुपमा सुधार आएको छ । अस्पतालका क्लिनीकल कोडिनेटर डाक्टर गणेश क्षेत्रीले १० बेडको आईसियु संचालनको अन्तिम तयारीमा रहेको बताए । उनले अहिले अस्पतालमा ५०  बढी बेड संचालनमा रहेको बताए । ८ बिशेषज्ञ, २ डेन्टल सर्जन, ११ मेडीकल अधिकृत  र १ जना एमडि रेजीडेन्ट लगायत गरी २५ जना डाक्टरहरु अस्पतालमा सेवाकालागि उपलब्ध छन । प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरी बनाइएको छ ।

यस्तै अप्रशेन थिएटर ४ वटा संचालन गर्ने तयारी गरिएको छ । ब्लड बैक अन्ट्रासाउन्ड मेशीन २ वटा संचालन गरिने छ । सामाजिक सेवा ईकाईहरु लैगिीक हिसा सेवा र नवजात शिशु स्हार केन्द्र समेत संचालन गरिनेछ । नाक, कान घाटी र डाईलासिस सेवा संचालन गर्ने तयारी रहेको मेडिलक सुप्रीटेन्डेन्ट डाक्टर किशोर बन्जाडेले बताए । हाईड्रोशील, हर्निया, ऐपेन्डीसाइटिस, ल्याप्रेटोपी सेवा समेत यस अघि नै अस्पतालमा संचालन भईसकेको छ ।  १२ करोकडो लागतमा अस्पताल आफनो भवनमा संचालनमा आए पछि कपिलवस्तु कै सबै भन्दा सुबिधासंपन्न अस्पताल भएको मेसु बन्जाडेले बताए ।

हामीले अस्पतालको सेवा सुबिधा बृद्धिकालागि धेरै पलह गरको छौ ’ बन्जाडेल भने अहिले अस्पतालको अवस्थामा धेरै सुधार आईसकेको छ, बिरामीहरुले यहीबाट थुप्र्रै सेवाहरु पाउने गरेका छन ’ उनले भने । 

प्रकाशित : ४ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६