लुम्बिनी

तिलोत्तमा सात हजार जेष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाए



तिलोत्तमा ५ चैत्र । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सात हजार जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । नगरका १७ वडामैं खोप केन्द्र कायम गरी चैत १ गतेदेखि ३ गतेसम्म कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको थियो । अभियानअन्तर्गत ७ हजार २४ जनाले खोप लगाएको जनस्वास्थ्य निरीक्षक ठानेश्वर बस्यालले जानकारी दिए ।तिलोत्तमाको खोप अभियानमा ७०४ भाइल भ्याक्सिन खपत भएको स्वास्थ्य शाखाले जनाएको छ ।

आ–आफ्नो वडामैं खोप लगाउने व्यवस्था मिलाइएकोमा नगरबासीले सहज महशुस गरेका थिए । नगर प्रमुख बासुदेव घिमिरेले नगरबासीले आफ्नो घर नजिकैंबाट खोप सेवा पाऊँन् भन्ने उद्देश्यले आवश्यक प्रबन्ध मिलाएर हरेक वडामा खोप केन्द्र कायम गरिएको बताए । अभियान अन्तर्गत ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाएका हुन् । नगरपालिकाले खोप लगाएपछि हुन सक्ने अवाञ्छित घटनाको सन्दर्भमा तीन वटा एम्बुलेन्स र तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मिलाइएको थियो ।

खोप अभियानमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविकाको साथैं टोल विकास संस्था, क्लवहरुले समेत सहयोग पुर्याएका थिए । हरेक वडामा खोप केन्द्र भए पनि स्थानीयको सहजताको लागि सवारीसाधनको समेत व्यवस्थापन मिलाइएको थियो । मुटु रोग, श्वासप्रश्वास सम्बन्धी समस्या, मधुमेह (सुगर), शिकलसेल, एनिमियाजस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी रहेको बताइन्छ ।

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६