ब्रेकिंग न्युज

आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गुमाए



ललितपुर ५ चैत्र । आगलागीबाट यो वर्ष देशभर ७९ जनाको ज्यान गएको छ ।गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घटना हुँदा ७९ जनाको ज्यान गएको हो । यस घटनामा ३३२ जना घाइते भएका छन् । आगलागीबाट  एक अर्ब ५९ करोड रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ । यसैबीच ललितपुरमा आगलागीबाट आज एक वृद्धाको ज्यान गएको छ ।

ललितपुर महानगरपालिका-१४ नख्खीपोटमा रहेको मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।आगलागीमा परि गम्भीर घाइते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा ज्यान गएको बताइएको छ । आगलागीबाट कोठाका फर्निचर तथा लत्ताकपडा गरी झण्डै एक लाख रुपैयाँ मूल्य बराबरको धनमाल नष्ट भएको छ ।घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । गृह मन्त्रालयले गर्मी बढेसँगै अब आगलागीका घटना बढ्ने भएकाले सतर्क हुन सबैमा अनुरोध गरेको छ । 

प्रकाशित : ५ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६