ब्रेकिंग न्युज

प्रतिनिधिसभा बैठक बस्दै



काठमाण्डौ ६ चैत्र । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरमा रहेको संसद भवनमा दिउँसो १ बजेदेखि सुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६\७७ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिनुभयो ।

यस्तै आजको बैठकमा पूर्व राष्ट्रियसभाका सदस्य एवम् संविधानसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले निकालेको विज्ञप्तिमा भनिएको छ । कोइरालाको ७१ वर्षको उमेरमा गएको बुधवार निधन भएको थियो ।सर्वोच्च अदालतको फैसलासँगै प्रतिनिधिसभा पुनःस्थापनापछि अहिलेसम्म तीन वटा बैठक बसेको भए पनि तीनवटै बैठक उपलब्धिविहीन बनिरहेको छ । राजनीतिक दलहरुबीच पछिल्लो समय विवाद बढ्दै जाँदा संसद बैठक प्रभावित हुँदै आएको छ । आजको बैठकमा पनि मुख्य विषयले प्रवेश पाउने सम्भावना कम रहेको छ ।

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६