भैरहवा ६ चैत्र । शुक्रबार बिहान साढे सात बजे भैरहवा बिमानस्थल तर्फ आगोको ठूलो मूस्लो देखियो । बिहान पख कुनै उडान नभए पनि त्यहा बिमान दुर्घटना भएको भैरहवावासीको अड्कल थियो । लगत्तै दमकल र एम्बुलेन्स लगायतको साईरन घन्किन थाले पछि भैरहवावासीले गरेको दुर्घटनाको अड्कललाई थप बल पुग्यो । आगोमो मूस्लो बिमान दुर्घटनाकै थियो ।खनालपुर बिमानस्थलबाट गौतमबुद्ध बिमानस्थल भैरहवा आउदै गरेको अल्फा एयरलाईन्सको बिमान ९ एनएएको बिमान अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । दुर्घटनामा बिमानमा सवार चालक दलका सहित १५ जना यात्रुहरु घाईते भएका छन् । बिमानमा सवार सबैको सकुशल उद्दार गरिएको गौतम बुद्ध बिमानस्थल भैरहवाका सूचना अधिकारी बिनोद सिंह रावतले जानकारी दिए ।
बिमानस्थलमा अवतरण हुदै गरेको अल्फा एयरको बिमानमा आगलागी भए पछि बिमानस्थमा रहेको उद्दार तथा अग्नी निवारण शाखाबाट खटिएको उद्दारकर्मि र नेपाली सेना तथा नेपाल प्रहरीबाट बिमानको आगो निभाई सफल रुपमा घाईतेहरुको उद्दार गरिएको थियो ।भैरहवा बिमानस्थल पुग्दा सूचना अधिकारी रावतले यी जानकारी गराई रहेका थिए । यी सबै वास्तविक दृश्य थिए तर दुर्घटना वास्तविक थिएन । गौतमबुद्ध विमानस्थल क्षेत्रभित्र हुने जहाज दुर्घटना पश्चात उद्धारलाई व्यवस्थित र छिटो छरीतो बनाउन गौतमबुद्ध बिमानस्थलमा आपतकालीन उद्धार अभ्यास गरिएको दृश्य थियो यो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड अनुसार बिमानस्थलमा फायर फाइटर, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली, एम्बुलेन्स तथा दमकल समेतको सहभागितामा फुल स्केलको आपतकालिन अभ्यास गरिएको हो । अन्तराष्ट्रिय विमानस्थलमा यस्ता अभ्यास हुने गरे पनि आन्तरिक विमानस्थलमा वृहत अभ्यास सहित पहिलो पटक अभ्यास गरिएको हो । व्यवहारिक अभ्यास र आपतकालिन अवस्थामा अपनाउनु पर्ने कामबारे प्राविधिकलाई जानकारी दिईएको छ । गौतमबुद्ध विमानस्थल नेपालको आन्तरिकतर्फ सबै मौसममा व्यस्त हुने विमानस्थल पनि हो । यसका साथै भविष्यमा अन्तर्राष्ट्रिय बिमानस्थलको रुपमा सञ्चालन हुन जादै छ ।
जहाज दुर्घटना भएको अवस्थामा विमानस्थल संचालन र आपतकालीन उद्धारमा सरोकारवालाहरुको सक्रियतालाई व्यवहारिक रुपमै अभ्यास गर्न यस्तो अभ्यास गरिएको नागरिक उड्डययन प्रशिक्षण प्रतिष्ठानका उपनिर्देशक छविलाल खनालले जानकारी दिए । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको मापदण्ड भित्र रहेर शुक्रबार बिहान ७ बजे देखी साढे ७ बजेको बीचमा फायर फाइटर, सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका उद्धार टोली विमानस्थलमा एम्बुलेन्स तथा दमकल समेत तयारी अवस्थामा राखी फुल स्केलको आपतकालिन अभ्यान गरिएको विमानस्थल प्रमुख टेकराज पोखरेल जानकारी दिए ।
आन्तरिक विमानस्थलमा तयारी र अभ्यासका काम हुने भएपनि वृहत अभ्यास सहित पहिलो पटक कार्यक्रम गरिएको उनले जानकारी दिए । यसले भोली जहाज वास्तविक रुपमा दुर्घटना हुदा नआत्तिकन मनोबल बढाउदै उद्दारमा सहज हुने उनको बुझाई छ । “भगवानको कृपाले कुनै दुर्घटना नहोस तर कुनै पनि दुर्घटना भए हामी त्यसको सामान तयार गर्न र हाम्रो आत्मबल बढेको सन्देश दिन यो अभ्यास गरेको छौ ।” पोखरेलले भने ।ग्लोवल आवाजबाट
प्रतिक्रिया