अर्थ-वाणिज्य

अर्घाखाँची अस्पताल लुम्बिनीको पहिलो, नेपालमा तेस्रो



अर्घाखाँची ६ चैत अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्रथम नतिजा प्राप्त गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा प्राप्त गरी पहिलो भएको छ । जुन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेको छ ।

प्रदेश सरकार  लुम्बिनी  प्रदेश सामाजिक  बिकास  मन्त्रालयबाट कुल ९ सय ३९ पुर्णाकं रहेको मुल्यांकनमा बिभिन्न बिषयमा गरी ७५ प्रतिशत अंक सहित अर्घाखाँची अस्पताल प्रथम भएको हो । यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको एम.एस.एस रिसर्च प्रसन तथा तम्घास अस्पताल गुल्मीका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले जानकारी दिनुभयो । सुक्रबार अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड ( एम.एस.एस ) मुल्यांकन तथा समिक्षा कार्यक्रममा मुल्यांकनको नतिजा सार्बजनिक गर्दे पाच्याले यस्तो जानकारी गराउनु भएको हो ।

कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्र वितरण गर्नुभएको थियो । अस्पताल बिकास समितिका अध्यक्ष एवं सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालको अध्यक्षता,डा.अमृत भट्टराईको स्वागत मनतब्य र जनस्वास्थ्य निरीक्षक गणेशराज गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले स्वास्थ्य क्षेत्रमा आफ्नो जिवनलाई सर्मपितगरी सेवागर्ने स्वास्थ्यकर्मीप्रति उच्च सम्मानगर्नुपर्ने भन्दै अस्पताललाई अझै सुधार गरी सुबिधा सम्पन्न अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो ।  पछिल्लो समय अर्घाखाँची जिल्ला अस्पतालले मुहार फेरेको छ । 

प्रकाशित : ६ चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६