ब्रेकिंग न्युज

नेपालमा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुदैँ



काठमाडौं ८ चैत्र । नेपालमा पछिल्लो पटक कोरोनाविरुद्ध जनस्वास्थ्यका मापदण्ड उल्लङ्घन हुन थालेको छ । सबै क्षेत्र तथा स्थानहरुमा भिडभाड बढेको छ भने मानिसहरुले मास्क लगाउने, दुरी कायम गर्ने तथा सरसफाइ गर्ने जस्ता काम बिर्सन थालेका छन् ।जसले गर्दा नेपालमा कोरोनाको दोस्रो लहर देखिन सक्ने भन्दै चिन्ता सुरु भएको छ । भारत सहित अन्य देशहरुमा कोरोना सङ्क्रमण फेरि बढेकाले नेपालमा पनि यसको लहर फैलने खतरा रहेको छ ।

त्यसैले खोप लगाएका वा नलगाएका सबैले अनिवार्य रुपमा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुन पानी वा स्यानीटाइजरले बारम्बार हाल सफा गर्ने बानी गर्न जनस्वास्थ्य विज्ञहरुले बताएका छन् ।सीआईएनसँग कुरा गर्दै जनस्वास्थ्य विज्ञ डा। अनुप सुवेदीले पछिल्लो समय भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै जादा नेपालमा भने कुनै सावधानी नपनाइएको र त्यसले आगामी दिनमा जोखिम बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले भारतसँगको खुला सीमानाका कारण मानिसहरु सजिलै ओहोरदोहोर गर्ने र नेपालमा कोरोनाको जोखिम सुरुको जस्तै बढ्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गर्नुभयो ।डा। सुवेदीले कोरोनाको विश्वका विभिन्न मुलुकमा कोरोना विरुद्धको खोप अभियान जारी रहेपनि सङ्क्रमणको दर नरोकिएको हुँदा खोप लगाइसकेका व्यक्तिहरुले पनि ढुक्कसँग हिँड्ने गरेको देखिएकाले त्यस्तो लापरबाही नगर्न पनि सेचत गराउनुभयो ।

प्रकाशित : ८ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६