अन्तर्राष्ट्रिय

अस्ट्रेलियामा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित



काठमाण्डौ ९ चैत्र । अस्ट्रेलियाको दक्षिण–पूर्वी राज्यमा लगातारको वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ । न्यु साउथ वेल्समा बाढीमा फसेका झण्डै १८ हजार मानिसलाई निकालेर सुरक्षित स्थानमा पुर्‍याइएको बीबीसीले जनाएको छ ।न्यु साउथ वेल्सको राजधानी सिड्नी र दक्षिण–पूर्वी राज्य क्वीन्सल्याण्डमा नदी र बाँधको जलस्तर बढेको छ । अधिकारीहरुका अनुसार यो स्थिति ‘५० वर्षमा पहिलो पटक’ बनेको हो र कैयौँ हप्तासम्म बनिरहन सक्छ । स्थानीय प्रशासनले मानिसहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाढीका कारण घर छोड्न बाध्य मानिसहरुलाई आर्थिक सहायताको प्रस्ताव गर्नुभएको छ । न्यु साउथ वेल्सकी प्रमुख ग्लेडी बेरिजिक्लयनले सोमबार मध्यरातसम्म कसैको पनि ज्यान गएको छैन । उहाँले भन्नुभयो, ‘अहिले जस्तो अवस्था छ, यो कुनै चमत्कार जस्तै देखिन्छ ।’तर प्रभावित क्षेत्रमा निकै क्षति भएको बताइएको छ । प्रभावित क्षेत्रमा साढे दुई करोड मानिस रहेका छन् ।साउथ वेल्सकी प्रमुख बेरेजिक्लियनले बाढीको चपेटामा परेका केही समुदाय गएको वर्षको ग्रीष्म ऋतुमा जङ्गलमा लागेको आगो र सुख्खाबाट प्रभावित भएका थिए । अस्ट्रेलियाको मौसम विभागका अनुसार केही क्षेत्रमा नौ सय मिलिमिटरसम्म वर्षा भएको छ, जुन ‘असाधारण’ हो ।  

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६