अर्थ-वाणिज्य

रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि



रसुवा ९ चैत्र । रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयातमा वृद्धि भएको छ । कोभिड–१९ का कारण एक वर्षसम्म चिनियाँ खाद्य सामग्रीको आयात नभएकोमा अहिले धमाधम आउन थालेको छ । गएको भदौ महिनादेखि खाद्य सामग्रीको आयातले निरन्तरता पाएको थियो । गएको पुस मसान्तसम्म न्यून सामग्री आयात भएकोमा पछिल्लो समय आयातमा वृद्धि हुँदै गएको खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय रसुवाका खाद्य अनुसन्धान अधिकृत नवीन देउजाले बताउनुभयो ।

‘रसुवागढी नाकाबाट चिनियाँ खाद्य सामग्रीको आयात भइरहेको छ’, उहाँले भन्नुभयो, ‘आएका सामग्री सबै मापदण्ड अनुसारको नै छ ।’चालु आर्थिक वर्ष २०७७\७८ मा रसुवागढी नाका हुँदै १ सय २३ टन चिनियाँ खाद्य सामग्री आयात भएको छ । गएको साउनदेखि हालसम्म १ सय २३ टन खाद्य सामग्री आयात भएको हो । कार्यालयका अनुसार खाद्यान्न दलहन तथा अन्य प्रकारका सामग्रीको आयात बढी भएको छ ।

तथ्यांक अनुसार फूल तथा सागपात २६ टन, खाद्यान्न दलहन तथा अन्य ४५ टन, मसलाजन्य ३ दशमलव ४ टन, दूधजन्य ६ दशमलव ८, मासुजन्य ३ दशलव ४, चियाजन्य ५ दशमलव ९, कन्फेन्सनरी शून्य दशमलव १ टन र अन्य सामग्री ३२ टन आयात भएको हो । चालु आर्थिक वर्ष २०७७र७८ को साउनदेखि हालसम्म चीनबाट सोया सस, भिनेगर, अचार, पीठो, सिन्के चाउचाउ, सिजनिङ पाउडर, छुर्पी, डोमा, भोटे चिया, चिकेन सुप, भेजिटेबल सुप, रेड विन पेष्ट, आदि सामग्रीको आयात भएको कार्यालयले जनाएको छ ।आयात भएका सबै खाद्य सामग्री नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको छ । कार्यालयले २०७५ माघदेखि चीनबाट आएका खाद्य सामग्रीको नमुना परीक्षण गर्दै आएको छ । ‘यो भन्दा अगाडि मापदण्ड पूरा नभएका खाद्य सामग्री समेत आउथे’, उहाँले भन्नुभयो, ‘अहिले मापदण्ड पूरा भएका सामग्री मात्र आएका छन् ।’

कार्यालयले गएको साउनदेखि हालसम्म ५५ वटा सामग्रीको नमुना परीक्षण गरेको छ । कार्यालयको तथ्यांक अनुसार भदौमा १, कार्तिकमा २८, पुसमा १०, माघमा ५७ र चैत १ गतेदेखि हालसम्म ३५ वटा खाद्य सामग्रीको नमुना परीक्षण गरिएको छ ।गत आर्थिक वर्ष २०७६\७७ मा कार्यालयले २ सय ५६ वटा सामग्रीको परीक्षण गरेको थियो । गएको माघ ७ गतेसम्म कार्यालयले नमुना परीक्षण गरेको थियो । त्यसपछि २०७७ साउन मसान्तसम्म कार्यालयले कुनै नमुना आएको थिएन । खाद्य सामग्रीको लेवलिङमा भाषाको समस्या देखाउँदै आयातमा रोक लगाइएपछि गत आर्थिक वर्षमा केही महिना परीक्षण हुन नसकेको हो । रसुवागढी नाकाबाट पछिल्लो डेड वर्षदेखि नेपाली सामग्री निर्यात भएको छैन ।

प्रकाशित : ९ चैत्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६