ब्रेकिंग न्युज

२०७८ सालको बिदाको सूची सार्वजनिक



काठमाण्डौ १० चैत्र । सरकारले आउँदो वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ ।राजपत्रमा प्रकाशित सूचनाअनुसार अब पर्व बिदाको रुपमा सात दिन बिदा हुने भएको छ । कटौती भएका केही पर्वमासमेत बिदा दिने निर्णय भएको सरकारले जनाएको छ ।प्रकाशित सूचनाअनुसार वैशाख १ गते नयाँ वर्ष, रक्षाबन्धन, दशैँको घटस्थापना, छठ पर्व, माघे संक्रान्ति अर्थात माघी पर्व, महाशिवरात्रि र फागु पूर्णिमाको दिनमा समेत बिदा दिने निर्णय भएको हो । यस्तै विभिन्न जाति विशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिने निर्णय भएको छ ।

किराँत, राईहरुको उभौली पर्व, चण्डी पूर्णिमालगायतका पर्वमा सार्वजनिक बिदा हुने भएको छ । यस्तै गौरा पर्व, इस्लाम धर्मालम्बीहरुको इद उल फित्र, इद उल अजहा, क्रिसमस डे, तमु ल्होसारलगायत विभिन्न ल्होसार पर्वमा पनि बिदा हुने भएको छ ।यस्तै महिला कर्मचारीका लागि वर्षमा दुई दिन, शिक्षण संस्थाहरूका लागि एक दिन, जात्राका लागि चार दिन, दशैँ बिदा पाँच दिन, तिहार बिदा चार दिन, दिवस बिदा ६ दिन र जन्मजयन्ती बिदा तीन दिन हुने भएको छ ।

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६