ब्रेकिंग न्युज

कैलालीको लम्कीमा गोली चल्दा दुई जना घाइते



कैलाली १० चैत्र । कैलालीको लम्कीमा गोली चलेको छ । बसको ठक्करबाट एक युवतीको मृत्यु पश्चात स्थानीयले गरेको आन्दोलनलाई तितरवितर गर्न खोज्दा प्रहरीले गोली चलाएको हो । सो क्रममा प्रहरीको गोली लागेर २ जना आन्दोलनकारी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले आक्रोशित भिडले इलाका प्रहरी कार्यालय लम्कीभित्र पसी प्रहरीलाई हातपात गर्न थालेपछि गोली चलाइएको बताए । उनले घाइते दुबै जनालाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको पनि जानकारी दिए ।

यस्तै झडपका क्रममा केही प्रहरी समेत घाइते भएको बताइएको छ । मंगलबार बिहान लम्कीचोकमा ना ६ ८८३३ नम्बरको बसले लम्कीचुहा नगरपालिका १ बस्ने २२ वर्षीया कमला देवकोटालाई ठक्कर दिँदा उनको मृत्यु भएको थियो । घटनालगत्तै स्थानीयले सडक अवरुद्ध पार्दै आन्दोलन चर्काएका थिए । अहिले स्थिति नियन्त्रणमा आएको पनि प्रहरीले जनाएको छ । प्रहरीले बसका चालक बर्दगोरिया १ बस्ने पुष्प कडेललाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको जनाएको छ । 

प्रकाशित : १० चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६