स्वास्थ्य

कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने



काठमाण्डौ ११ चैत्र । चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जाने भएको छ ।कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० विमान आउँदो आइतबार बेइजिङ जाने भएको हो ।  बेइजिङबाट स्वास्थ्य सामग्री लिएर निगमको विमान भोलिपल्ट राति काठमाण्डौ फर्किने नेपाल एअरलाइन्सका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिनुभयो ।यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनबाट कोरोना विरुद्धको खोप लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो । यो निर्णय अनुसार आठ लाख डोज कोरोनाविरुद्धको खोपलगायत सहायता सामग्री लिन नेपाल एअरलाइन्सको विमान बेइजिङ जान लागेको हो ।

प्रकाशित : ११ चैत्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६