काठमाण्डौ १२ चैत्र । अब अनलाइन तथा सामाजिक सञ्जालमार्फत औषधि बिक्री वितरण गर्न नपाइने भएको छ ।सामाजिक सञ्जालमा फार्मेसी सेवाका नाममा गैरकानुनी रुपमा भइरहेको औषधि बिक्रीरवितरण तत्काल बन्द गर्न औषधि व्यवस्था विभागले निर्देशन दिएको हो ।विभागले सूचना जारी गर्दै औषधि ऐन २०३५, दफा १९ बमोजिम औषधिको गलत विज्ञापन गर्न नहुने कानुनी व्यवस्था रहेकाले कानुन विपरीत अनलाइनबाट भइरहेको औषधि बिक्री वितरण बन्द गर्न भनेको हो । निर्देशन अटेरी गर्नेमाथि कारबाही हुने विभागले चेतावनी दिएको छ ।अनलाइन फार्मेसीबाट औषधि खरिद नगर्न र नगराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ । पछिल्लो समय अनलाइन फार्मेसीका नाममा छुटरसुविधा उल्लेख गरेर औषधिको गैरकानुनी बिक्री वितरण भइरहेको विभागले जनाएको छ ।
१२ चैत्र २०७७, बिहिबार
प्रतिक्रिया