जीवनशैली

प्रचण्डलाई सरकार तातो दुध : थुक्नु न निल्नु !



काठमाडौ १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वर्तमान सरकार तातो दुध सरह भएको छ । यो न थुक्न सक्ने ननिल्न सक्ने भएकोछ । त्यसैले प्रचण्डले वोलेर मनोरञ्जन गर्नमा रमाउन थाल्नु भएको छ । सोही क्रममा उहाले  केही दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छ । शनिबार काठमाडौंमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले अब राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकतालाई बचाउन समर्थन फिर्ता लिनुपर्ने बेला आएको बताउनुभएको हो ।

प्रधानमन्त्री केपी ओलीले असंवैधानिक र अलोकतान्त्रिक रुपमा प्रतिनिधिसभा विघटनको कदमलाई प्रचण्डले ओलीका कदमविरुद्ध सडकमा गएका राजनीतिक दलहरुबीच सहमति गर्ने कोसिसले समर्थन फिर्ता लिने विषय ढिला भएको उल्लेख गनुृभयो । प्रचण्डले अलोकतान्त्रिक र असंवैधानिक कदम चाल्ने मधेसविरोधी ओली प्रवृत्तिविरुद्ध रहेकाहरुको सरकार बनाउन सहयोग गर्न ठाकुरलाई आग्रह गर्नुभयो । प्रचण्डले सेटिङको आधारमा निर्वाचन आयोगले गरेको निर्णय र प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुश प्रवृतिले गर्दा नेपाली राजनीतिमा दिउँसै रात परेको जिकिर गर्नुभयो ।

त्यस्तै  एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई घोक्र्याएर पार्टीमा फर्काइएको टिप्पणी गर्नुभयो । सर्वोच्च अदालतको फागुन २३ को फैसलातर्फ संकेत गर्दै उहाले आफूलाई प्रतिगमनकारी केपी ओलीकै पार्टीमा पठाएको र त्यहाँ बस्न अफ्ठेरो लागिरहेको बताउनुभयो । नेता नेपालले शुक्रवारको संसदीय दलको बैठकमा सहभागी नभएर त्यसको संकेत देखाइसकेको बताउनुभयो ।  त्यस्तै जसपा अध्यक्ष महन्थ ठाकुरले सरकारलाई समर्थन गर्ने प्रश्न नै नभएको बताउनुभयो ।

आफूहरु न्यायको खोजीमा रहेको भन्दै मुद्दा सम्बोधन नभएसम्म कसैलाई साथ नदिने ठाकुरको भनाइ छ ।  कार्यक्रममा कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीले विश्वासको मत नदिने बताउनुभयो ।

प्रकाशित : १४ चैत्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६