बाह्र वर्षिया वालिका लाई बलात्कार गरेको अभियोग ठहर गर्दै जिल्ला अदालत उदयपुरले एक युवालाई १८ बर्ष कैद सजाय तोकेको छ ।जिल्ला न्यायाधिश माधव प्रसाद सुवेदी को इजालसले बलात्कार कुसुरमा उदयपुरको उदयपुरगढी गाउपालिका ५ का २४ वर्षिय छबिलाल श्रेष्ठ लाई बिहीबार कैद सहित पिडीतलाई क्षतिपुर्ती बापत ७५ हजार रुपैया भराउन आदेश दिएको हो ।फैसलामा कुसुरदारबाट पिडीत राहत कोषमा दुई हजार दुईसय रुपैया भराउन आदेश भएको श्रे्रस्तदार धन बहादुर कार्कीले बताए ।०७७ असार २४ गते बालिका लाई बलात्कार गरेको उजुरीमा प्रहरीले कसुरदारलाई पक्राउ गरेको थियो ।अदालतले उनलाई साउन १८ गते पुर्पक्षको लागी थुनामा राख्ने आदेश दिएको थियो ।
१५ चैत्र २०७७, आइतबार
प्रतिक्रिया