ब्रेकिंग न्युज

मेलम्चीको पानी काठमाण्डौमा वितरण गर्न सुरु



काठमाण्डौ १५ चैत्र । मेलम्चीको पानी काठमाण्डौमा वितरण गर्न सुरु गरिएको छ । महाङ्काल चौरमा रहेको ट्याङ्कीको भल्भ खोलेर पानी वितरण सुरु गरेको काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले जानकारी दिनुभयो ।अहिले चावहिल, महाङ्काल क्षेत्रमा वितरण सुरु गरेको पनि उहाँले बताउनुभयो । आइतवार बेलुकासम्म काठमाण्डौको मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पनि पानी वितरण हुनेछ । पहिलो चरणमा मेलम्चीको पानी चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी छ । त्यसपछिका चरणमा महाराजगञ्ज, पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने छ ।

अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि बिस्तारै दैनिक साढे ६ करोड लिटर पानी भित्रिने केयूकेएलले जनाएको छ । काठमाण्डौ उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ ।

एक हप्तापछि दैनिक १७ करोड लिटर पानी वितरण थालिने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो ।मेलम्ची खानेपानी आयोजनाले गएको फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई हप्तापछि पानी सुन्दरीजलसम्म आइपुगेको थियो । २०५६ सालमा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एसियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको हो ।   

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६