स्वास्थ्य

लागूऔषद् मुद्दामा खेपिरहेका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टी



काठमाडौं १५ चैत्र । लागूऔषद् मुद्दामा खेपिरहेका एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टी भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लगिएकोमा त्यहाँबाट भागेका छन् ।संक्रमण देखिएपछि थुनामा रहेका ती व्यक्तिलाई महानगरीय प्रहरी परिसर काठमाडौंले उपचारका लागि सशस्त्र प्रहरी अस्पताल पुर्याएकोमा उनी बाथरुमको भेन्टिलेसनबाट भागेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले लागुऔषद्को मुद्दा खेपिरहेका उनलाई पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको र उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएकोमा उनी त्यहाँबाट भागेको जानकारी दिए । 

‘उनी लागुऔषद्को मुद्दा खेपिरहेका व्यक्ति हुन्, पिसिआर परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्याएको थियो, तर उनी बाथरुमको भेन्टिलेसनबाट भागेका छन्, प्रहरीले उनको खोजी जारी राखेको छ,’ एसएसपी सिंहले भने । सिंहले ती व्यक्तिको खोजी भइरहेको भन्दै नाम भने खुलाउन चाहेनन् ।

प्रकाशित : १५ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६