अन्तर्राष्ट्रिय

म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध



 काठमाडौं १७ चैत । सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् ।अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ ।प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् ।गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ ।आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।

सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।आन्दोलनकारीहरुले सडकमा राखेका बालुवा भरिएका बोराहरु सेनाले विशेष प्रकारको हतियार प्रयोग गरी हटाउने गरेको छ ।सरकारी टेलिभिजनले ‘रोयट विपन’को प्रयोग गरिएको उल्लेख गरे पनि बीबीसीले भने ती हतियार कस्ता प्रकारका हुन् भन्ने स्पष्ट नभएको जनाएको छ ।यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शनमा दमन नगर्न आग्रह गरेका छन् ।

प्रकाशित : १७ चैत्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६