ब्रेकिंग न्युज

प्रशासकीय अधिकृत डागीलाई आफ्नै पालिकामा बहिस्कार,प्रबेश निशेष गर्दै धर्ना



लमही १९ चैत  । दाङ देउखुरीको लमही नगरपालिकामा वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका छन् । नगरपालिकामा विवादित प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगीलाई ल्याउन खोजेको भन्दै उनीहरुले नगरपालिकाको मुल गेटमा धर्ना बसेर विरोध जनाएका हुन् । वडा अध्यक्ष सहित बनेको १९ जना कार्यपालिका सदस्य मध्ये १३ जना विरोधमा उत्रियका छन् । बिहिवार दोस्रो दिन पनि उनीहरु नगरपालिकाको मुल गेटमा धर्ना दिएका छन् । उनीहरुले तुरुन्त कार्यपालिकाको पुर्ण बैठक बसाल्न माग गरेका छन् । आफुहरुको माग यति गर्दा पनि पुरा नभए जनता माझ जाने बताएका छन् । 

डाँगी नगरपालिकामा जिम्मेवारी लिएर आएमा नगर कार्यपालिकाको सम्पूर्ण बैठकहरू बहिस्कार गर्ने यस अघिनै चेतावनी समेत दिइसकेका छन् । डाँगीले विभिन्न परियोजनामा घोटला गर्ने, योजना पूरा नहँुदै भुक्तानी दिइहाल्ने, १४ रुपैयाँको औषधी २८ रुपैयाँमा आएको टेन्डर पास गरिदिने, हुँदा हुँदा घुस खाने जस्ता आरोप विरोधमा उत्रिएका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको आरोप छ । यता यस विषयमा नगरपालिकाका नगरप्रमुख कुलबहादुर केसीले भने प्रमुख प्रशासकीय अधिकृत कसलाई ल्याउने भन्ने अधिकार नगर प्रमुखमा रहेको बताए । 

अधिकृत ल्याउने विषयमा कार्यपालिका बैठक राखेका बेला अधिकाशं कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले मौन सहमती जनाएको भएपनि अहिले विरोध गर्नु कुनै औचित्य नभएको बताए । साथै उनले छिटै नै समस्याको समाधान हुने पनि बताएका छन् ।डाँगी यस अघि लमही नगरपालिकाकै प्रमुख प्रशासकीय अधिकृत रहेका थिए । विभिन्न परियोजनामा घोटला गर्न थालेपछि बहुमत पालिका सदस्यहरुले त्यहाँबाट हटाएका थिए ।

प्रकाशित : १९ चैत्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६