अन्तर्राष्ट्रिय

म्यानमारको सेनाले ४३ बालबालिकाको हत्या



एजेन्सी २० चैत्र । सैन्य शासनको विरोधमा भइरहेको प्रदर्शनका क्रममा म्यानमारको सेनाले ४३ बालबालिकाको हत्या गरेको छ। बालबालिकाको क्षेत्रमा कार्यरत संस्था सेभ द चिल्ड्रेनले सैन्य शासनको विरोधमा प्रदर्शन सुरु भएयता सेनाले ४३ जना बालबालिकाको ज्यान लिएको जनाएको छ।सेभ द चिल्ड्रेनले म्यानमारको अवस्था डरलाग्दो सपना भन्दा पनि खतरनाक रहेको बताएको छ। ज्यान गुमाउनेमा एक ६ वर्षीया बालिका समेत छिन्। एक स्थानीय निगरानी समूहका अनुसार सैन्य शासन सुरु भए यता भएको विरोध प्रदर्शनका क्रममा हालसम्म ५३६ जनाले ज्यान गुमाइसकेका छन्।संयुक्त राष्ट्र संघका एक अधिकारीले म्यानमारमा रक्तपात अझै बढ्न सक्ने खतरा रहेको बताएका छन्। म्यानमारमा लोकतन्त्र बहाली गर्न अन्तराष्ट्रिय समूदायले गरेको आग्रह त्यहाँको सेनाले सुनेको छैन। म्यानमारमा नरसंहारको विरोधमा नेपालमा पनि प्रदर्शन भइरहेका छन्।

प्रकाशित : २० चैत्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६