अन्तर्राष्ट्रिय

जनधनको क्षति भइरहेपनि बर्मामा सैनिक शासनविरुद्ध प्रदर्शन झनै चर्कियो



काठमाडौ २२ चैत्र । जनधनको क्षति भइरहेपनि बर्मामा सैनिक शासनविरुद्ध प्रदर्शन झनै चर्किएको छ।फेब्रुअरीमा बर्मेली सेनाले कू गर्दै सत्ता नियन्त्रणमा लिएको थियो। आङ सान सुचीसमेत सरकारमा सहभागी नेताहरूलाई हिरासतमा राखिएको छ।सेनाको यस्तो कदमको विरोधमा नागरिकले विरोध प्रदर्शन गरिरहेका छन्। प्रदर्शनमा अहिलेसम्म ५५७ जनाको ज्यान गइसकेको छ। बर्मेलीहरूले अहिले सैन्य तानाशाहीको अन्त्य र लोकतन्त्र बहालीका लागि विरोध प्रदर्शन झनै व्यापक बनाएका छन्। समाचार एजेन्सी एएपीपीका अनुसार दुई हजार ६ सयभन्दा धेरै प्रदर्शनकारीहरूलाई प्रहरी हिरासतमा राखिएको छ।सेना र प्रहरीले चरम दमन गरेपनि प्रदर्शन थामिने छाँटकाँट छैन। बर्माका विभिन्न शहरमा भइरहेको प्रदर्शनमा सहभागीहरू बढ्दैछन्।यसबीच म्यानमारको सेनाले नागरिकबीच संवाद हुन नदिन इन्टरनेट बन्द गरिदिएको छ।

प्रकाशित : २२ चैत्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६