काठमाण्डौ २४ चैत्र । आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा समातिएको नरभक्षी बाघलाई ललितपुरमा रहेको सदर चिडियाखानामा राखिएको छ ।बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको हो । यो नरभक्षी बाघले आइतवार बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडा गणना गर्न हात्तीसहित गएका हात्तीसारमा कार्यरत कर्मचारीलाई आक्रमण गरेको थियो । बाघको आक्रमणमा परेर गुडगाउँ बस्ने ३४ वर्षका पुलिसराम थारूको ज्यान गएको थियो ।यही बाघले केही अगाडि पनि निउरो टिप्न गएकी एक महिलालाई समेत मारेको आशङ्का गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्यले बताउनुभएको छ ।
२४ चैत्र २०७७, मंगलबार
प्रतिक्रिया