काठमाण्डौ २६चैत्र । प्रदेश-१ को पहाडी क्षेत्रका थोरै ठाउँमा आज मेघगर्जन र चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको छ । आज दिउँसो पहाडी क्षेत्रको मौसम आंशिकदेखि समान्य बद्ली रही बाँकी भूभागको मौसम आंशिक बद्ली रहने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।यस्तै, केही दिनदेखि तराई र पहाडी भूभागमा लागेको तुवाँलो भने अझै कायमै रहेको छ । तत्काल ठूलो पानी पर्ने सम्भावना नरहेको र वायु प्रदूषणका कारण तुवाँलो अझै केही समय रहने देखिएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको थोरै प्रभाव रहेको छ भने नेपालभन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसमविद्को भनाइ रहेको छ ।
२६ चैत्र २०७७, बिहिबार
प्रतिक्रिया