काठमाण्डौ २९ चैत्र । भारतमा पछिल्लो २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कोरोनाका कारण आठ सय ३९ जनाको ज्यान गएको जनाएको छ । योसँगै भारतमा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाखभन्दा धेरै भएको छ, त्यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ ।
भारतमा कोरोना महामारीको पहिलो लहर देखिएको सङ्क्रमण दरभन्दा दोस्रो लहरको सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएको छ । केही दिनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । अहिलेसम्म भारतमा एक करोड ३३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको र तीमध्ये एक करोड २० लाख ८१ हजारभन्दा धेरै निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गएको ७ अप्रिलमा एक लाख १५ हजार सात सय ३६, ८ अप्रिलमा एक लाख २६ हजार सात सय ८९, ९ अप्रिलमा एक लाख ३१ हजार नौ सय ६८ र १० अप्रिलमा एक लाख ४५ हजार तीन सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।यसैबीच भारत सरकारले आइतवार ११ अप्रिलदेखि १४ अप्रिलसम्म चार दिनका लागि कोरोना भाइरसविरुद्ध ुखोप उत्सवु मनाउने तयारी गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले खोप उत्सवलाई कोरोनाविरुद्ध दोस्रो ठूलो युद्धको सुरुवात भएको बताउनुभएको छ ।
प्रतिक्रिया