बुटवल ३ बैशाख । अर्घाखाँचीकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुटवलमा मृत्यु भएको छ ।अर्घाखाँचीको शीतगंगा नगरपालिका–३ की ७० वर्षीया महिलाको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो ।चैत २९ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएकी महिलामा ज्वरो र श्वास-प्रश्वासको समस्या रहेको अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिए ।पछिल्लो एक हप्तामा यसअघि कोरोना विशेष अस्पतालमा चारजनाको मृत्यु भइसकेको छ ।
३ बैशाख २०७८, शुक्रबार
प्रतिक्रिया