अर्थ-वाणिज्य

एमाले सरकारको लडाई गरीवी विरुद्ध रहेको मन्त्री गिरीको तर्क ,छिटटै हुने उप- चुनावमा एमालेको बर्चश्व कायम हुने न्यौपानेको दावि



कपिलवस्तु ४ बैशाख । लुम्विनी प्रदेशका उद्योग बन तथा पर्यटन मन्त्री लिला गिरीले अवको चरण विकास र समृद्धीकालागि गरिवी विरुद्धको लडाई नै प्रमुख हुने वताउनु भएको छ । नेकपथ एमाले कपिलवस्तुको पहिलो पूर्ण बैठकलाई आज जीतपुरमा संबोधन गर्दै यस्तो बताउनु भएको हो । यसैगरी नेकपा एकालेका लुम्विनी प्रदेश सह इन्चार्ज गिरधारीलाल न्यौपानेले रिक्त स्थानमा अव  छिटटै हुने उपचुनावमा एमाले सर्ब श्रेष्ठ बन्ने दावि गर्नु भएको छ । 

माओवादीवाट एमालेमा प्रबेश गरेका सांसद कारवाहीमा परेर वा मृत्यू भएका कारण संघिय सांसद र प्रदेश सभाका सांसदगरी  १० बढी स्थानमा चुनाव हुने वताउदै उक्त उपनिर्वाचनमा एमालेले वर्चश्व कायम गर्नु पर्ने वताउनु भएको हो । यता सोही बैठकमा बोल्दै एमालेका केन्द्रिय नेता एवम कपिलवस्तु सहइन्चार्ज विमला घिमिरेले देशमा भई रहेको तीव्र आर्थिक विकासवाट कतिपय दलका शिर्षनेताहरु अत्तालिएको वताउदै जसरी पनि केपिओली नेतृत्वको सरकार ढाल्न लागि परेको तर्क गर्नु भयो ।

यता बैठकमा  एमाले केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशका सचिव खेममान खड्का, एमाले लुम्बिनी प्रदेशका सचिव बलराम अधिकारी , नेकपा एमाले जिल्ला संयोजक झविलाल पोखल , सहसंयोजक डम्मर शर्मा लगायतले वर्तमान समसामयिक विषयमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका संयोजकहरुले क्षेत्रगत प्रस्तुती गर्नु भएको थियो । बैठक जिल्ला सांयोजक झविलाल पोख्रेलको अध्यक्षता र  सचिव धर्मराज भुषालको संचालनमा भएको हो । बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ ।

प्रकाशित : ४ बैशाख २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६