कपिलवस्तु, १२ कात्तिक
कपिलवस्तुको बाणगंगा नगरपालिकाले विद्यालयमा जङ्क फुड निषेध अभियान सञ्चालन गरेपछि कुपोषण र रक्तअल्पताको समस्या घटेको दाबी गरेको छ। नगरभित्रका ८० वटा शैक्षिक संस्थामा अस्वस्थकर खानामा रोक लगाइएको नगरपालिकाको भनाइ छ।
नगरको स्वास्थ्य शाखा प्रमुख टीआर पौडेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३५ प्रतिशत रहेको कुपोषणको दर हाल शून्य प्रतिशतमा झरेको दाबी गरिएको छ। त्यस्तै, ५१ प्रतिशत रहेको रक्तअल्पता (एनिमिया) को दर घटेर १९ प्रतिशतमा आएको उहाँले बताउनु भयो।

विद्यालयका छात्रालाई आइरन चक्की खुवाउने कार्यक्रम समेत सञ्चालन गरिएको पौडेलले जानकारी दिनुभयो। यसअघि बालबालिकामा पुड्कोपना ४१ प्रतिशत र ख्याउटेपन ३८ प्रतिशत रहेको उल्लेख गर्दै उहाँले पोषण सुधारका कार्यक्रमपछि यी समस्या न्यून भएको दाबी गर्नुभयो।
विद्यालयमा जङ्क फुड निषेध, पोषणसम्बन्धी सचेतना र छात्राका लागि आइरन चक्की वितरण लगायतका कार्यक्रमले बालबालिकाको स्वास्थ्य सुधारमा सहयोग पुगेको नगरपालिकाको भनाइ छ।









प्रतिक्रिया