जीवनशैली

नियम उलंघनकर्तावाट ९ महिनामा ४४ लाख राजश्व



गुल्मी ५ वैशाख । गुल्मीमा सवारी कारबाहीबाट ९ महिनाको अवधिमा करिब ४४ लाख राजश्व संकलन भएको छ। साउनदेखि चैत सम्म नौ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको हो।सो अवधिमा कुल ६ हजार सात सय ५० सवारी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णप्रसाद आचार्यले जानकारी दिए।

आचार्यका अनुसार साउनमा चार सय ५० सवारीबाट दुई लाख ७२ हजार पाँच सय, भदौमा चार सय ५० सवारी कारबाहीबाट दुई लाख ७९ हजार, असोजमा ६ सय सवारी कारबाहीबाट चार लाख २३ हजार पाँच सय राजश्व संकलन भएको छ।

यस्तै कार्तिकमा सात सय ५० सवारीबाट पाँच लाख १२ हजार, मंसिरमा आठ सय सवारीबाट पाँच लाख ७० हजार, पुसमा ९ सय सवारी कारबाहीबाट पाँच लाख ६४ हजार पाँच सय, माघमा ९ सय सवारी कारबाहीबाट पाँच लाख ७४ हजार, फागुनमा ९ सय ५० सवारी कारबाहीबाट पाँच लाख ९५ हजार पाँच सय तथा चैतमा ९ सय ५० सवारी कारबाहीबाट पाँच लाख ९५ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६