स्वास्थ्य

२४ घण्टामा १ हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाण्डौ ५ बैशाख । पछिल्लो २४ घण्टामा १ हजार १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार ८४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।यस्तै पछिल्लो २४ घण्टामा ६ सय ९९ जनाको एन्टिजेन परीक्षण गर्दा ८१ जनामा सङ्क्रमण देखिएको छ ।

एन्टिजेनसहित पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।यस्तै पछिल्लो २४ घण्टामा दुई सय ६२ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७५ हजार तीन सय पुगेको छ । अहिले नेपालमा ६ हजार दुई सय ९० जना सक्रिय सङ्क्रमित छन् ।  यस्तै २४ घण्टामा कोरोना सङ्क्रमणबाट आठ जनाको ज्यान गएसँगै अहिलेसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ८३ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : ५ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६