बुटवल ६ बैशाख । नेपाल भारतको सबैभन्दा ठूलो स्थल नाका भैरहवा(बेलहिया–सुनौली) नाका २४ घन्टाका लागि पूर्ण रुपमा बन्द भएको छ । रुपन्देहीसंग सिमा जोडिएको भारत उत्तर प्रदेश राज्यको महाराजगञ्ज जिल्लामा गाउँ पञ्चायतको निर्वाचनका लागि आज मतदान भएकोले नाका हिजो देखिनै बन्द भएको हो ।नाका आज राती मात्र खुल्ने सुरक्षा अधिकारीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक सत्य नारायण थापाले नाका र्ण रुपमा बन्द भएको बताए ।
उनले नाकाबाट आवत जावत गर्न नपाईने तर, बिरामीहरुको हकमा भने सुरक्षा अधिकारीहरुको समन्वयमा व्यवस्था मिलाईने बताए । नाका मंगलवार बिहान मात्रै खुल्ने जनाईएको छ ।निर्वाचनका कारणले आईतबार देखिनै सुनौली बजार सुनसान थियो। औषधी पसलहरु मात्र खुलेका थिए । अति आवश्यक काम रहेकालाई सोधपुछ गरी वारीपारी गर्न दिईएको थियो । भारतमा कोरोना भाईरस संक्रमण बढदै जादा भारतिय पक्षले नाकामा कडाई गर्दै आएको छ । सिमावर्ति भारतिय गाउँ पञ्चायतमा निर्वाचन भएपछि सिमावर्ति क्षेत्रमा सुरक्षा गस्ती समेत बढाईएको जनाईएको छ ।
प्रतिक्रिया