ब्रेकिंग न्युज

बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु



 काठमाडौं ६ वैशाख । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार कोहलपुर नगरपालिका-१४ का ७५ वर्षीय पुरुषको आइतबार राति १२ बजे मृत्यु भएको हो । पक्षघातसम्बन्धी रोगको उपचार गराएर वैशाख ४ गते भारतबाट फर्केका उनी नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । आइतबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।स्वास्थ्यमा सुधार हुने संकेत नदेखिएपछि चिकित्सकसँगको समन्वयमा परिवारजनले उनलाई घरमै लगेर गएका थिए । परिवारजनका अनुसार आइतबार राति १२ बजेको समयमा उनको मृत्यु भएको फोकल पर्सन ओलीले बताए ।योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६१ पुगेको छ ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६