अर्थ-वाणिज्य

शुद्धोधन पूर्ण खोप युक्त घोषणा,कपिलवस्तु असारसम्म घोषणा हुंदै



कपिलवस्तु ७ बैशाख । बालबालिकाहरु खोपको पहुचमा आए पछि कपिलवस्तुको शुद्धोधन गाउंपालिकालाई पूर्ण खोप घोषणा गरिएको छ । गाउंपालिकामा आयोजित एक कार्यक्रमका विच गाउंपालिकाका अध्यक्ष निसार अहमद खांले  प्रतिवेदन पढेर सो घोषणा गर्नु भएको हो । गाउंपालिकामा १५ महिना सम्मका १ हजार ४९८ जना वालवालिकालाई लगाइएको खोपको तथ्याकंकको आधारमा गाउंपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको हो । 

जिल्ला खोप समन्यव समितिको सचिवालयले अनुगमनको आधारमा पुर्ण खोप पाइएको आधारमा पालिकालाई पुर्ण खोप घोषणा गरिएको हो । पुर्ण खोप घोषणा कार्यक्रममा खोप समन्यव समितिका संयोजक तथा जिल्ला समन्य समितिका प्रमुख नारायण प्रसाद खनालले पुर्ण खोप मापदण्ड प्राप्त भएको प्रमाण पत्र प्रदान गर्नु भयो  । 

सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ज्ञवाली,वडा नं १ का अध्यक्ष तिलकराम यादव, २ नं वडा अध्यक्ष मनोज कुमार यादव, बासखोर स्वास्थ्य चौकी प्रमुख रामकृष्ण पन्थी  लगायतले खोपको दिगोपनको सुनिश्तताको लागि सबैले  सहगोग गरी समन्यव गर्नुपर्ने बताउनु भयो ।  जनप्रतिनिधी , कर्मचारी , महिला स्वास्थ्य स्वंमसेवी र अन्य सरोकारवाला निकायले सहयोग गरेको कारण पुर्ण खोप घोषणा गर्न सफल भएको स्वास्थ्य शाखा प्रमुख अस्फाक अहमद खांले बताउनु भयो । 

जिल्लाका वाणगगा  नगरपालिका, शिवराज नगरपालिका बुद्धभुमी नगरपालिका र शुद्धोधन गाउंपालिका पुर्ण खोप घोषणा गर्ने पालिका भएका छन । अन्य पालिकालाई पनि विस्तारै घोषणा गरि यही आर्थिक वर्षमै कपिलवस्तु जिल्ला पुर्ण खोप कार्यक्रम घोषणा गर्ने कार्यक्रम रहेको जिल्ला समन्यव समितिका प्रमुख नारायण प्रसाद खनालले जानकारी दिनु भयो । जिल्ला स्वास्थय कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले जिल्लालाई पुर्ण खापयुक्त बनाउने अभियानलाई तीब्ररुपमा  अघि बढाइएको बताउनु भयो । 

प्रकाशित : ७ बैशाख २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६