जीवनशैली

कोरोनाको चपेटोमा संविधानसभा सदस्यको ज्यान गयो



बाँके १२ बैशाख । विधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन भएको छ । कोरोनाबाट थलिएर डेढसाता देखि उपचाररत् अधिकारकर्मी समेत रहेकी सिद्दिकीको केहीबेर अघि भेरी अस्पतालको कोरोना वार्डमा निधन भएको अस्पताल प्रमुख डा। प्रकाश थापाले पुष्टि गरेका छन् । उनी फातिमा फाउण्डेसनकी अध्यक्ष समेत हुन् ।

नेपालगन्ज– ३ निवासी ७२ वर्षीया महिला नेतृ सिद्दीकी संक्रमण अघिसम्म मानवीय सेवामा कार्यरत रहेको उनका सहकर्मीले जनाएका छन् । चैत्र २८ गते संक्रमण पुष्टि भएपछि भेरी अस्पतालको आइसोलेसनमा भर्ना भएकी सिद्दीकीलाई श्वासप्रश्वासको समस्या जटिल बन्दै गएको थियो ।

   जिल्ला प्रहरी कार्यालय बाँकेले करिब ८ बजेतिर सिद्दीकीको निधन भएको अस्पताललाई उद्धृत गर्दै जनाएको हो ।पछिल्लो ७ जनाको बाँकेमा कोरोना संक्रमणको कारण निधन भएकोछ ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६