जीवनशैली

आमाको हत्या गरी फरार रहेको अभियुक्त पक्राउ



कपिलवस्तु १२ बैशाख । आमाको हत्या गरी फरार रहेको एक अभियुक्त ढेड बर्षपछि फक्राउ परेका छन । कपिलवस्तु नगरपालिका वार्ड नं ८ दोहनीका २८ बर्षिय कोठारी भन्ने सुरेन्द्र कुर्मी पक्राउ परेका हुन । २०७६ कार्तिक १६ गते आफ्नी आमा बर्ष ५५ की फुलमती कुर्मीसँग घरायसी झै–झगडा हुँदा घाँटी थिची, कुटपीट गरी हत्या गरेका थिए ।

 फरार अभियुक्त  बुद्धभुमी नगरपालिका वार्ड नं ५, चौरीमा फेला परेको प्रहरी नायब उपरिक्षक धर्मराज भन्डारीले बताउनु भयो । जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको उहाले बताउनु भयो । अभियुक्तका भाई हेमराजले उनी बिरुद्ध किटानी जाहेरी दिएका थिए । 

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६