अर्थ-वाणिज्य

कोभिड संक्रमणपछिको उपचार ब्यवस्था मिलाउन बाणगंगाको विशेष पहल



कपिलवस्तु १२ बैशाख । बाणगंगा नगरपालिकाले कोभिड संक्रमण बढ्न थालेपछि राखेको सर्बपक्षिय बैठकमा सहभागि सबैले कोभिड संक्रमणपछिको अक्सिजन सहितको सहज उपचार हुने ब्यवस्था तत्काल मिलाउन सरोकारवालाले नगरको ध्यानाकृष्ट गराएका छन् । जसकालागि कार्यपालिकाको तत्काल बैठक बसी स्वास्थ्यकमीको उचित प्रबन्ध र अक्सिज  सिलीण्डरको खरिद लगायतका विषयमा निर्णय हुने उपमेयर चक्रपाणी अर्यालले जानकारी दिनु भयो ।

 यता कोभिड १९ नियन्त्रणको लागि कपिलवस्तुको बाणगंगा नगरपालिकाले २४ बुँदे निर्देशन जारी गरेको छ । संक्रमण नियन्त्रणको लागि भएको वृहत छलफल तथा नगरस्तरीय स्तरीय विपद् ब्यवस्थापन समितिको आइतबार बसेको बैठकले वैशाख मसान्तसम्म हाट बजार बन्द गर्ने लगायतका कुरा समेटेर २४ बुँदे निर्देशन जारी गरेको हो । नगरको निर्णय अनुसार वैशाख मसान्तसम्म सम्पूर्ण हाटबजार बन्द हुने छन् भने विद्यालयको हकमा परीक्षा सकेर मात्र बन्द गरिने छ । सोमबारबाट नै यो निर्णय लागु हनुे नगरपालिकाले जनाएको छ । 

आईतबारबाट नगरमा विद्यार्थीको परीक्षा सुरु भएकाले तत्काल परीक्षा स्थगित गर्दा विद्यालय र बालबालिकाको पढाई प्रभावित हुने बताउँदै नगरले चाँडै परीक्षा सक्न भनेको हो । परीक्षा चलाउँदा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य मापदण्ड अपनाउन विद्यालयलहरुलाई निर्देशन दिइएको छ । हाट बजारसंगै पार्टी प्यालेस, पनि बन्द हुने छन् भने होटलहरु राति ८ बजेपछि बन्द हुने छन् । यस्तै रंगशालाका खेलकुद पनि नगर्न अनुरोध गरिएको छ ।

२५ जनाभन्दा बढी हुने प्रकारका कार्यक्रम तथा सभा इत्यादी नगर्न नगरप्रमुख मंगलप्रसाद थारुले आग्रह गर्नु भएको छ । यस्तै सवारीको हकमा चालक र यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र सिट क्षमताभन्दा बढी राखेको पाइए तत्काल कारबाही गर्न पनि प्रशासनलाई आग्रह गरेको छ । नगरको वैठकको निर्णय उलंघन गर्नेमाथि संक्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कारबाही हुने नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले बताउनु भयो । वृहत छलफलमा केहीले विद्यालय, हाटबजार, पसल बन्द गर्न भनेका थिए भने केहीले बन्द समस्या समाधान नभएको भन्दै आत्तिन नहुने बताएका थिए । 

छलफलमा प्रदेश सांसद विष्णु पन्थी, शिक्षा तथा खेलकुद शाखाका प्रमुख बाबुराम भट्टराई, सबै वडाध्यक्षहरु, राजनीतिक दल ,उपभोक्ता हितसंरक्षण मञ्चका प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधि, नागरिक अगुवा तथा संचारकर्मीको सहभागिता थियो ।

प्रकाशित : १२ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६