जीवनशैली

फेरी पनि टिप्पर आतंक :एकैसाथ २ वालिकाको ज्यान लियो



बुटवल १३ बैशाख । रुपन्देहीमा फेरी पनि टिप्पर आतंक भएको छ । एउटै घटनामा एकैसाथ  २ वालिकाको ज्यान लिएकोछ । विवरण अनुसार कोटिहवामा टिप्परले ३ वटा जन्ती बसलाई ठक्कर दिदा २ बालिकाको  ज्यान गएको छ भने ६ जना गम्भिर घाईते भएका छन् ।सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहिया सडक खण्डको कोटिहवामा भएको उक्त घटनामा परि रुपन्देहीको तिलोत्तमा १५ कि बर्ष १० की सरस्वती हरीजन र बर्ष ८ की गंगा हरिजनको ज्यान गएको प्रहरीले बताएको छ ।

भैरहवा बाट बुटवल तिर आउदै गरेका जन्ती बोकेको लु १ ख ९६८५ नम्वरको बसलाई भैरहवा तर्फबाटै नै बुटवल आउदै गरेको लु १ ख ६०६४ नम्वरको टिप्परले पछाडीबाट ठक्कर दिएको थियो ।टिप्परले पछाडीबाट ठक्कर दिएपछि हुत्तिएको बसले जन्ती बोकेकै अर्कौ र लु १ ख ५७८८ नम्वरको बसलाई ठक्कर दिएको र उक्त बस अनियन्त्रीत भई लु २ च ७०७२ नं बलेरो जिपलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी टिप्पर चालक सहित ६ जना घाईते भएको लुम्विनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाईते मध्ये टिप्पर चालकको भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा र अन्य ५ जनाको मणिग्राम स्थीत क्रिमसन अस्पतालमा उपचार भई रहेको छ ।अहिले ट्राफिक प्रहरीले टिप्परको आवत जावतलाई रोकेको छ । टाफिक प्रहरीका अनुसार बुटवलबाट भैरहवा तर्फ जाने टिप्परहरु योगिकुटीमा रोकिएका छन भने भैरहवाबाट बुटवल तर्फ आउने टिप्परहरु अन्चलपुरमा रोकिएका छन ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६